घुर्ने बिरामीहरुका लागि ॐ हस्पिटलमा स्लिप स्टडि ल्याब

के तपाइँलाई निद्रामा घुर्ने समस्या छ ? विभिन्न औषधि खाँदा पनि यो समस्याबाट मुक्ति मिलेको छैन ? घुराइका कारणसँगै सुत्नेलाई पनि तपाइँ ठूलै समस्या बन्नु भएको होला।

तर अब यसको चिन्ता गर्नु पर्दैन । काठमाडौँको चावहिलमा अवस्थित ॐ हस्पिटलमा सञ्चालनमा रहेको स्लिप स्टडि ल्याब (निद्रा प्रयोगशाला) मा यहाँको उपचार सम्भव छ ।

ॐ हस्पिटलका मेडिकल डाइरेक्टर डा. हरिश जोशीले  घुराईसम्बन्धी समस्या भएका बिरामीको संख्या बढ्दै गएपछि ॐ हस्पिटलमा विशिष्टकृत सेवाका रुपमा आधुनिक उपकरण र डिलक्स सुविधा सहित स्लिप ल्याव स्थापना गरिएको बताउनुभयो । विशेषज्ञ चिकित्सकको नेतृत्वमा दक्ष र अनुभवि प्राविधिक जनशक्ति सहित स्लिप ल्याब सञ्चालन गरिएको डा. जोशीको भनाई थियो।

ॐ हस्पिटलका बरिष्ठ छाती तथा निद्रा रोग विशेषज्ञ प्रा. डा. सुबोध सागर ढकालको निगरानीमा गरिने यो जाँच  हरेकदिन गर्न सकिने व्यवस्था मिलाइएको छ । यो जाँच विरामी  साँझ ८ बजे सुतेदेखी बिहान ६ बजेसम्म (पुरै रात) गरिने विशेष जाँच हो।

राति धेरै घुर्ने व्यक्तिलाई उपचारका लागि स्लिप ल्याब (निद्रा प्रयोगशाला) मा राखेर राति बिरामीको शरीरमा लिडहरु जोड्छौँ । राति सुतेको बेला त्यो व्यक्तिको गहिरो निद्रा कति छ भनेर सफ्टवेयरमा रेकर्ड गर्दछौं, प्रा.डा.ढकालले भन्नुभयो, कति पटक घुर्यो, घुर्दा कतिपटक श्वास रोकियो, कतिपटक बिउँझियो जस्ता सबै रेकर्ड गर्दछौं। यो चेकजाँचमा विरामीको घुराइ सामान्य वा कडा के हो भनेर  छुट्टाएर औषधि उपचार गर्छौं ।

निद्रा प्रयोशालामा घुराइको मापन गरेपछि उपचार विधि अवलम्बन गरिन्छ । कडा घुराइ भएका बिरामीको सिप्याप थेरापीबाट उपचार गरिन्छ। सिप्याप थेरापीमा बिरामी मास्क लगाएर सुत्छ, राति सास पनि रोकिँदैन, घुराइ पनि हुँदैन, अक्सिजन पनि कम हुँदैन।

सिप्याप थेरापीबाट उपचार गर्दा केही दिनमा नै बिरामीको घुराइ बन्द हुन्छ, निद्रा राम्रो पर्छ, दिउँसो निद्रा लाग्दैन । उच्च रक्तचाप र मधुमेह नियन्त्रणमा हुन्छ, प्रा.डा. ढकालले भन्नुभयो, अहिले ॐ हस्पिटलमा उपचारमा आउने धेरै बिरामीलाई हामीले सिप्याप थेरापीबाट उपचार गर्ने गरेका छौं।

ॐ हस्पिटलको स्वासप्रस्वास विभागमा आउने अधिकांश बिरामीलाई सिप्याप थेरापी प्रयोग गर्नुपर्ने खालका रहेको बताउनुहुन्छ । अस्पतालमा आएकामध्ये धेरैजसो बिरामी कडा घुराइ समस्या देखिएको छ, उहाले भन्नुभयो, त्यस्ता बिरामीलाई सिप्याप थेरापी प्रयोग गरेर उपचार गर्ने गरिन्छ ।  अस्पतालमा युवा अवस्थाका बिरामी धेरै आउने गरेको उहाँको भनाइ छ ।

ॐ हस्पिटलमा विगत चार बर्षदेखी स्लिप ल्याब सञ्चालनमा रहेको छ । अस्पतालमा रहेको निद्रा प्रयोगशालामा उपचार गर्न बिरामीले पालो भने कुर्नुपर्ने हुन्छ । घुर्ने बिरामीका लागि सञ्चालनमा ल्याइएको स्लिप ल्याबमा दिनमा एकजना विरामीलाई मात्र सेवा दिन सकिने भएकाले पालो कुर्नुपर्ने अवस्था हरेको प्रा. डा.ढकाल बताउनुहुन्छ।

विरामीलाई स्लिप ल्याबमा भर्ना गरेपछि बिरामीको शरीरमा राखिएका लिडहरु परीक्षण गर्नुपर्दछ । शरीरमा लगाइएको लिडबाट बिरामी गहिरो निद्रा कति सुत्यो, कति घुर्याे, अक्सिजन कति बढ्यो, कति घट्यो र श्वास कतिपटक रोकियो भन्ने थाहा हुन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि बिरामीको अवस्था कस्तो भनेर रातभर कम्प्युटरमा हेर्नुपर्दछ ।

रिपोर्टकै आधारमा कडा, मध्यम र सामान्य कस्तो खालको घुर्ने समस्या छ भनेर थाहा हुने र सोहीअनुसार उपचार गरिने प्रा.डा. ढकालको भनाइ छ।

बरिष्ठ छाती तथा निद्रा रोग विशेषज्ञ प्रा. डा. ढकालले मोटोपनका कारण मानिसमा घुर्ने समस्या बढिरहेको बताउनुभयो । मोटोपन भएको व्यक्ति घुर्ने, घुर्दा श्वास रोकिने, आत्तिने, बेलाबेलामा उठ्ने जस्ता समस्या पनि देखिने उहाँले बताउनुभयो ।

धेरै घुर्ने मानिसमा राति सुतेको बेला श्वासै रोकिएर बुउँझिने, गहिरो निद्रा नपर्ने र दिउँसो धेरै निद्रा लाग्ने जस्ता समस्या देखिने गर्दछ। घुराइसम्बन्धी यस रोगलाई ‘आब्स्ट्रक्टिभ स्लिप एप्निया’ (कडा घुराइसम्बन्धी रोग) भनिन्छ ।

यस्तै घुराइले गर्दा गहिरो निद्रा नपरेपछि दिउँसो काम गर्ने ठाउँमा झुप झुप निन्द्रा लाग्ने, गाडी, स्कुटर वा बाइक चलाउँदा चलाउँदै निदाउने सम्म हुन्छ। कडा खालको घुर्ने रोग हुँदा राति बारम्बार पिसाब लागिरहने, बिहान उठ्दा घाँटी दुख्ने, रुघा लागेको जस्तो हुने, घाँटी खसखस हुने जस्ता समस्या लिएर विरामीहरु अस्पताल आउने गरेको उहाँ बताउनुहुन्छ ।

प्रा.डा. ढकालका अनुसार मोटो मानिसको घाँटीमा बोसो बढ्छ र हावा जाने नली साँघुरिन्छ । त्यस्ता व्यक्ति गहिरो निद्रामा हुँदा घाँटीका मांशपेशिहरुले आराम गर्छन् र हावाको नली साँघुरिँदै जाँदा बन्द हुन्छ ।

यसले गर्दा बिरामीलाई श्वास फेर्न गाह्रो भई घुर्ने गर्छन् । उहाँका अनुसार कडा घुर्ने रोग ९० देखि ९५ प्रतिशत मोटो व्यक्तिलाई देखिने गरेको छ। तर पाँचदेखि दश प्रतिशतमा जन्मजात घाँटीमा र चिउडीको बनावट बिग्रिएर पनि सानैबाट घुर्ने समस्या देखिने गरेको छ।

विश्वमा ६ देखि २० प्रतिशत मानिसहरु घुराइ समस्याका बिरामी भएका छन् । नेपालमा ६ प्रतिशतमात्र मान्ने हो भने १८ देखि २० लाख मानिस कडा घुराइ रोगबाट ग्रसित रहेको आङ्कलन छ ।

मानिसले घुर्ने समस्यालाई सामान्य रुपमा लिने गरेको पाइएको  तर अहिले घुर्ने रोगका रुपमा सचेतना बढ्दै गएको उहाँ बताउनुहुन्छ । मानिसहरुले घुर्नेलाई सामान्य रुपमा लिएका छन् तर त्यसो होइन । धेरै कमलाई मात्र घुर्ने समस्या रोग हो भनेर थाहा छ । कडा घुराइले ज्यान जान सक्छ। त्यसैले घुर्ने समस्यालाई बेवास्ता गर्नु हुँदैन, उहाँले भन्नुभयो ।

अस्पतालमा आउने प्रायःजसोमा कडा किसिमका घुर्ने रोग भेटिने गरेको उहाँ बताउनुहुन्छ । ॐ अस्पतालमा प्रायः जसो राति धुराइका कारणले गहिरो निद्रा नपरेर दिउँसो निद्रा लाग्ने, मोटोपना, उच्च रक्तचाप नियन्त्रण गर्न नसक्ने खालका छन्, उहाले भन्नुभयो । कडा घुराइका बिरामीले समयमा उपचार नगरे ज्यान जान पनि सक्ने उहाँको भनाइ छ ।

घुर्नेसम्बन्धी कडा रोगका बिरामीलाई उच्च रक्तचाप, मधुमेह, भविष्यमा हृदयाघात, मस्तिष्काघात, अचानक सुतेको बेला मृत्यु हुने र प्यारालासिस हुने सम्भावना अन्य व्यक्तिभन्दा दुईदेखि तीन गुणा बढी हुने उहाँ बताउनुहुन्छ।

“घुर्ने बिरामीमा राती श्वास र अक्सिजन रोकिने हुन्छ । कडा भएपछि अक्सिजन रोकिएपछि मुटुको चालमा गडबडी आउँछ । त्यसपछि अचानक हृदयघात, मृत्यु हुने जस्ता सम्भावना हुने गर्दछ”, प्रा.डा. ढकालले भन्नुभयो ।

गहिरो निद्राका लागि सुत्ने समय एउटै हुनुपर्दछ । सुत्नअघि चुरोट, मादकपदार्थ सेवन, कफीजस्ता वस्तुको सेवन गर्नुु हुँदैन । ती पदार्थले हाम्रो मस्तिष्कलाई उत्तेजित बनाएर निद्रा लाग्न दिँदैन । यस्तै, सुत्ने कोठाको तापक्रम पनि मिलेको हुनु पर्दछ । तनावका कारणले पनि निद्रा लाग्दैन।


ताजा खबर