डा.वैकुण्ठ अर्याल नेपाल सरकारको मुख्य सचिव नियुक्त

सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डा. अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले मुख्यसचिव शंकरदास वैरागीले दिनुभएको राजीनामा स्वीकृत गरी बरिष्ठतम् सचिव डा. अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले जानकारी दिनुभयो ।

नवनियुक्त मुख्य सचिव डा. अर्याल यसअघि वरिष्ठतम् सचिवका रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुनुहुन्थ्यो ।

बैठकले मुख्यसचिव पदबाट राजीनामा दिनुभएका वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

डा अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव हुनुहुन्थ्यो । रासस


ताजा खबर