किन ?

~डा. अजय पराजुली

सधैं भरको शान्त ओठ, आज खोलौं लाग्छ किन ?

कुरा गरि मनको भाव, पोखौं जस्तो लाग्छ किन ?

अँगालोमा बाँधी तिम्लाई, पिडा फुकाउँ लाग्छ किन ?

तिमी टाढा हुँदा खेरि, बेदनाले पोल्छ किन ?

च्वास्स मुटु दुख्दा पनि, मुस्कान छरौं लाग्छ किन ?

छाती भरि पिडा बोकी, फेरि हाँस्छु आज किन ?

चौतर्फीको कोलाहल, आज शुन्य लाग्छ किन ?

मौनतामा तर तिम्रो, प्रेम भाव सुन्छु किन ?

टाढा जाउ भन्दा पनि, बेदना चाहिं आउँछे किन ?

जतन गर्छु भन्दा पनि, आज खुशी भाग्छे किन ?


ताजा खबर