प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शन तथा अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार साँझ पशुपति नाथको दर्शन गर्नुभएको छ ।

prachanda pashupati (7)

सो क्रममा प्रधानमन्त्रीले पशुपति मन्दिरको निरिक्षण तथा अवलोकन पनि गर्नुभएको हो । दाहाललाई  पवित्र पाशुपत क्षेत्रको पुरातात्त्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले जानकारी गराएका थिए ।

प्रधानमन्त्री प्रचण्डले विश्व सम्पदाका रूपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरे धार्मिक पर्यटनमा ठुलो टेवा मिल्ने बताउनु भयो । उक्त निरीक्षण अवलोकनमा अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्र मन्त्री एनपी साउद, पर्यटन, ऊर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराती पनि सहभागी हुनुहुन्थ्यो ।

prachanda pashupati (2)


ताजा खबर