तरकारीमा मूल्य अभिवृद्धि कर लगाएपछि भाउ आकाशियो

सरकारले प्याज लगायतका तरकारीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि अहिले बजारमा प्याजको कारोबारनै बन्द भएको छ । प्याजमा सरकारले १३ प्रतिशत भ्याट लगाउदा व्यपारीहरुले प्याज महंगोमा बेच्न नसक्ने भन्दै कारोबार नै बन्द गरेका हुन् ।

हिजो आज कालिकाटी तरकारी बजारमा उपभोकताले प्याजको एक दाना पनि देख्न र भेट्न पाएका छैन् । सरकारले प्याज लगायतका तरकारीहरुमा १३ प्रतिशत भ्याट लगाउँदा व्यापारीहरुले महंगोमा प्याजको कारोवार गर्न नसकिने भन्दै कालिमाटीका तरकारी व्यवसायीले प्याज आपूर्ती बन्द गरेका हुन् ।

अहिले प्याजको मुल्य आकाशिएर प्रतिकिलो ७५ रुपैया भएको छ भने बजेट भाषण अघि यो मुल्य ३५ रुपैया रहेको थियो । दैनिक ८० देखि एकसय टन प्याज खपत हुने कालिमाटीमा बुधवार देखि उपभोक्ताले एक दाना समेत प्याज किन्न पाएका छैनन् ।

प्याजको कारोबार नभएपछि कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीले आफ्नो वेव साइमा समेत प्याजको मुल्य राखेको छैन् । प्याजमा १३ प्रतिशत भ्याट लगाउदा महंगो भएका कारण बाध्य भएर कारोवार बन्द गर्नु परेको व्यापारीले वताएका छन् ।

यस्तै बजारमा प्याजको अभाव भएपनि उपभोक्ताले सरकार र सम्बन्धित पक्षप्रति रोस व्यक्त गरेका छन् । तथ्यांक अनुसार कालिमाटीमा दैनिक ८० देखि एकसय टन प्याज खपत हुने गरेको छ ।

नेपाली बजारमा खपत हुने ९९ प्रतिशत प्याज भारतबाट आयात हुने गरेको छ । यसैगरी सरकारले आयातित सबै तरकारी तथा फुलफुलमा भ्याट लगाउदा ७ देखि २० प्रतिशतले तरकारी र फलफुलको मुल्य वृद्धि भएको समितीले जनाएको छ । रासस


ताजा खबर