नेपाल धितोपत्र बोर्डद्वारा थप एघार कम्पनीलाई ब्रोकर लाइसेन्स

नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई दोस्रो चरणमा धितोपत्र दलाल व्यवसायीको प्रमाणपत्र (ब्रोकर लाइसेन्स) प्रदान गरेको छ । यसअघि बोर्डले पहिलो चरणमा सात वटा कम्पनीलाई लाइसेन्स प्रदान गरेको थियो । दुई चरणमा रिब्रोकर लाइसेन्स प्राप्त गर्ने कम्पनीको सङ्ख्या १९ पुगेको छ ।

बोर्डले सोमबार गते धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को व्यवस्थाबमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका थप ११ वटा निवेदक संस्थालाई धितोपत्र व्यापारी, पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र प्रदान गरेको छ ।

धितोपत्र दलालको अनुमतिपत्र प्राप्त गर्नेहरूमा एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनी वल्र्ड सेयर एक्सचेन्ज, माछापुच्छ«े सेक्युरिटिज, केबिएल सेक्युरिटिज र कलश स्टक मार्केटलाई सीमित कार्य गर्ने धितोपत्र दलाल, मेघा स्टक मार्केट्सलाई पूर्ण कार्य गर्ने धितोपत्र दलाल र नबिल सेक्युरिटिज रहेका छन् ।  रासस


ताजा खबर