नुवाकोटमा ॐ हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले नुवाकोट जिल्लाको बेलकोट गढी नगरपालिका २ फाँटिपौवामा एकदिने बृहत निःशुल्क स्वास्थ्य परिक्षण शिविर जेठ २० गते शनिवार सफलताका साथ सम्पन्न गरेको छ।

No description available.

अस्पतालको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ॐ हस्पिटल, गरिमा बिकास बैंक र यशोदादेबी भगवान सिंह के.सी. मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा बेलकोट फाँटिपौवा स्थित जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा संचालित शिविरमा बेलकोट गढी नगरपालिकाले समेत सहकार्य गरेको थियो ।

No description available.

No description available.

पूर्ब मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता अर्जुन नर्सिङ केसीले उद्घाटन गर्नुभएको शिविरमा स्वास्थ्य परिक्षण गर्न आउने सम्पूर्ण सेवाग्राहिहरु लाई निःशुल्क स्वास्थ्य परिक्षण, पचार तथा निःशुल्क औषधी उपलब्ध गराइएको थियो ।

No description available.

एकदिवशिय शिविरमा वेलकोटगढी वरपरका ग्रामिण समुदायका स्थानीय वासिन्दाहरुलाई विशेषज्ञ चिकित्सकहरुद्वारा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले ॐ  अस्पतालले रेडियोलोजी, सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रशुतीरोग, छाति तथा स्वासप्रस्वास रोग, दन्तरोग, हाडजोर्नी, चर्म तथा यौनरोग, स्त्री क्यान्सर परिक्षण तथा फार्मेसी सेवा लगायतका विषयहरुमा  २५ जना भन्दा बढी  विशेषज्ञ चिकित्सकहरु सहित बृहत निःशुल्क स्वास्य परिक्षण शिविर सञ्चालन गरेको हो । शिविरमा ८०० जना भन्दा बढी स्थानीयले स्वास्थ्य परिक्षण गराएका थिए ।

No description available.

No description available.

ॐ हस्पिटलको संचालक समितिका अध्यक्ष समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठको नेतृत्वमा भएको स्वास्थ्य परिक्षण शिविरमा वरिष्ठ चिकित्सकहरु द्वारा स्वास्थ्य परिक्षण गरिनुकासाथै अन्य अत्यावश्यकीय परिक्षण र परामर्श गर्न सकिने ब्यवस्था समेत मिलाइएको थियो ।

No description available.

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका बरिष्ठ नेता माननीय अर्जुन नर्सिङ के.सी.ले नुवाकोटलाई प्रथमिकतामा राखेर विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरेकोमा ॐ हस्पिटल परिवार तथा आयोजकहरु सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

No description available.

ॐ हस्पिटल संचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले ॐ अस्पतालको स्थापना कालदेखी नै आफुहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा यस किसिमका स्वास्थ्य शिविरहरु संचालन गर्दै आएको र आगामी दिनहरुमा पनि स्वास्थ्य सेवामा सहज पहुँच नभएका समुदाय लक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै जाने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

No description available.

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. दक्ष तथा अनुभवि चिकित्सक, स्तरिय नर्सिङ सेवा सहित ३८ भन्दा बढी विशेषज्ञ सेवाहरु सुलभ मूल्यमा विश्वस्तरिय उपचार सेवा एकै छानामुनी उपलब्ध रहेको नेपालको निजि क्षेत्रको अग्रणि अस्पताल हो । जहाँ तिन दशक अघिदेखी निरन्तर र अविच्छिन्न रुपमा ॐ अस्पतालले स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

No description available.


ताजा खबर