ॐ हस्पिटलमा प्रा.डा.सुनिल कुमार शर्माको पुनःआगमन

काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले ख्याति प्राप्त वरिष्ठ पाचन रोग शल्य चिकित्सक प्रा.डा. सुनिल कुमार शर्मा ढकाललाई प्रिन्सिपल कन्सल्ट्यान्टका रुपमा भित्र्याएको छ ।

डा. ढकालले उहाँको टिमका सदस्यहरु बरिष्ठ जि.आई. सर्जन डा.प्रनिल राई,  अमेरिकन बोर्ड सर्टिफाइड बरिष्ठ कोलोरेक्टल तथा रोबोटिक सर्जन डा. सत्यदिप भट्टाचार्य, कन्सल्ट्यान्ट ल्यापारोस्कोपिक हर्निया सर्जन डा. निर्वाण राई र कन्सल्ट्यान्ट जि.आई. सर्जन डा. सुबोध घिमिरे सहित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.मा यहि आइतवार देखि सेवा सुरु गर्नुभएको हो ।

हस्पिटलको बोर्डरुममा आयोजित सम्झौता पत्रमा हस्ताक्षर तथा स्वागत समारोहमा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठले डा. सुनिल र उहाँको टिमलाई स्वागत गर्नुभएको थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रा.डा. सुनिल कुमार शर्मा ढकालले आफुले बर्षौ काम गरेको यस अस्पतालमा पुनः नयाँ प्रतिभाहरु र विश्वका उत्कृष्ठ सेन्टरहरुबाट ज्ञान, सिप र अनुभव बटुलेर फर्कनुभएका सर्जनहरुका साथमा जोडिन पाउँदा आफु गौरवान्वित भएको र आम नेपालीको पहुँचमा विश्वस्तरिय शल्य चिकित्सा सेवा पुर्याउने आफ्नो अभियान सार्थक हुने विश्वास व्यक्त गर्नुभयो ।

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत यम वहादुर महतले प्रा.डा. सुनिल र उहाँको टिमलमई ॐ अस्पतालमा स्वागत गर्न पाँउदा साह्रै खुशी लागेको र आगामी दिनहरुमा अस्पतालको उत्कृष्टतामा बृद्धि गर्न यस अस्पतालमा हाल भएका सबै चिकिसकहरु, बरिष्ठ चिकित्सकहरु, नर्सिङ स्टाफहरु तथा अन्य सबै कर्मचारीहरुसँग मिलेर यस टिमले मद्दत गर्ने छ भन्ने विश्वास ब्यक्त गर्नुभयो ।

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा. हरिश जोशीले पछिल्लो समयमा ॐ अस्पतालमा थपिएका नयाँ नयाँ प्रविधि र उपचार सुविधाहरुलाई सार्थक रुपमा प्रयोग गर्न र विरामीको उपचार गर्न आवश्यक हरेक सेवा सुविधालाई समयसापेक्ष प्रयोग गरी सुलभ मूल्यमा स्तरिय शल्य चिकित्सा सेवा प्रदान गर्नेमा आफु विश्वस्वस्त रहेको जिकिर गर्नुभयो ।


ताजा खबर