प्रधानमन्त्री पुष्पकमल दाहाल चारदिने भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल चारदिने भ्रमणका लागि बुधबार भारत प्रस्थान गरेका छन्।

प्रधानमन्त्री दाहाल नेपाल एअरलाइन्सको नियमित उडानबाट बुधबार दिउँसो भारत प्रस्थान गरेका हुन्। प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा अर्थमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद र उद्योगमन्त्री रमेश रिजाल लगायत सहभागी छन्।

प्रधानमन्त्री दाहाललाई विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधि लगायत बिदाइ गरेका छन्।

भारत प्रस्थान गरेका प्रधानमन्त्री दाहाल जेठ २० गते स्वदेश फर्किनेछन्।


ताजा खबर