किरण खरेललाई अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार

सङ्गीतकार अम्बर गुरुङको नाममा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित ‘अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार’ पहिलोपटक वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ ।

दुई लाख रुपैयाँ राशिको सो पुरस्कार आगामी शनिबार पोखरामा आयोजना हुने पुरस्कार समारोहमा गीतकार खरेललाई समर्पण गरिने पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए ।

छ दशकदेखि निरन्तर गीत लेखनमा साधनारत खरेलले नेपाली सङ्गीतजगत्मा पुर्‍याएको विशिष्ट योगदानका लागि पुरस्कार प्रदान गर्न लागिएको उनको भनाइ छ ।


ताजा खबर