श्रीलङ्काकामा एक सयभन्दा बढी प्रकारका औषधिको अभाव

श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा प्रयोग हुने एक सयभन्दा बढी प्रकारका औषधिको अभाव रहेको बिहीबार संसदमा बताउनुभएको छ ।

सरकारी अस्पतालमा एक हजार ३४७ प्रकारका औषधि प्रयोग हुँदै आएको तर यसमध्ये ११२ प्रकारका औषधिको अभाव रहेको उहाँले बताउनुभयो ।

सरकारले औषधि आयातमा वार्षिक ५० अर्ब रुपियाँ (१५ करोड ५० लाख अमेरिकी डलर) खर्च गर्ने गरेको उहाँले बताउनुभयो ।

आफ्नो आग्रहमा अर्थ मन्त्रालयले थप ४० अर्ब रुपियाँ (१२ करोड ४० लाख डलर) थप गरेको जानकारी दिँदै उहाँले अभाव चाँडै अन्त्य हुने दाबी गर्नुभयो ।

श्रीलङ्काको आर्थिक सङ्कटका कारण सन् २०२२ देखि नै अस्पतालमा चिकित्सकीय अभाव देखिएको छ । रासस/सिन्ह्वा


ताजा खबर