रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर र मञ्जुलाई

चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन २०८० को उपाधि जुम्लाकै दलबहादुर कुँवर र मञ्जु रावतले जित्नुभएकाे छ ।  ४९ किलोमिटर दुरीको जुम्ला रारा म्याराथन दौडको उपाधि पुरुष तर्फ दलबहादुर र महिलातर्फ मञ्जुले जित्नु भएको हो ।  कुवँरले ४ घण्टा ५४ मिनेट १० सेकेण्डमा ४९ किमी दुरी पार  गरी प्रथम हुनुभएकाे हाे ।  तेस्रो जुम्ला-रारा म्याराथनमा डेब्यु गरेका दल बहादुर कुँवर भने द्दितिय हुनुभएकाे छ ।

त्यस्तै,४ घण्टा ५७ मिनेट ५७ सेकेण्डमा उक्त दुरी पार गरी जुम्लाकै धीर बुढा द्वितीय र ५ घण्टा ८ मिनेट ४१ सेकेण्डमा तोकिएको ४९ किमी दुरी पार गरी शेर बहादुर बुढा तृतीय हुनुभएकाे छ ।

यसैबीच ५ घण्टा २६ मिनेट ५५ सेकेण्डमा सो दुरी पार गरेर लाल चन्द्र रावल चौथो,५ घण्टा ३३ मिनेट ८ सेकेन्डमा सो दुरी पार गरेर बहादुर रावतले पाचौ स्थान प्राप्त गर्नुभएकाे छ ।

महिलातर्फ मञ्जु प्रथम

चौथो अल्ट्रा म्याराथनको महिलातर्फको उपाधि जुम्लाकै मञ्जु रावतले उचाल्नुभएकाे छ । निर्धारित दुरी  ६ घण्टा ६ मिनेट २३ सेकेण्डमा पार गर्दै मञ्जुले महिलातर्फको प्रथम उपाधि उचाल्नु भएकाे हाे ।

 ६ घण्टा ५४ मिनेट २७ सेकेण्डमा दुरी पार गरेकी गंगा भण्डारी द्वितीय र ७ घण्टा ५ मिनेट ४६सेकेण्डमा पार गरी अनिता बुढा तृतीय हुनुभएकाे छ । ७ घण्टा ५५ मिनेट ३९ सेकेन्डमा सो दुरी पार गदै उमाकली बुढा चौथौँ र ७ घण्टा ५९ सेकेन्ड १५ मिनेटको दुरी पार गदै कुुसाबुुढा रोकायाले पाचौ स्थान प्राप्त गर्नुभएकाे छ । प्रतियोगिताको उपाधि जित्ने पुरुष, महिला सबै जुम्लाका हुनुहुन्छ ।

४९ किमी जुम्ला-रारा अल्ट्रा म्याराथनमा महिला पुरुष दुवैतर्फका प्रथम, द्दित्तिय र तृतीय हुने खेलाडीले क्रमशः नगद १ लाख , ७५ हजार, ५० हजार र चौथौँ र पाँचौँ हुने खेलाडीले २०/२० हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नु हुनेछ ।

म्याराथन प्रतियोगितामा भाग लिएका खेलाडीहरूले समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाइमा दौडनुभएकाे थियाे । बिजेताहरुलाई मंगलबार बिहान रारा तालको किनारमा औपचारिक कार्यक्रम गरि पुरस्कार प्रदान गरिँदैछ ।

कर्णालीको पर्यटन प्रवद्र्धनका साथै पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा टेवा पुग्ने उद्देश्यसहित हरेक वर्ष कर्णाली खेलकुद क्लबले म्याराथनको आयोजना गर्दै आएको छ । रासस


ताजा खबर