वामपन्थी दलहरू सहकार्य र एकता गरी अघि बढ्नुपर्छ

पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले वामपन्थी दलहरू सहकार्य र एकता गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

कम्युनिष्ट पार्टी दिवसको अवसरमा एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नेकपा एमालेसँग देशको स्वाधीनता, शान्ति र विकास बाहेक अन्य स्वार्थ नरहेको उल्लेख गर्नुहुँदै विचार मिल्ने सबैसँग मिलेर अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

सबै वामपन्थी दलहरुबीच एकता गर्ने लक्ष्य लिएर गठन भएको तत्कालीन नेकपालाई जनताले झण्डै दुई तिहाइ मत दिएर समर्थन जनाएका भए पनि एकता टिप्न नसकेको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले कम्युनिस्ट पार्टीविरुद्ध स्थापना कालदेखि नै अनेकौँ प्रहार भइरहेको र समाप्त पार्न खोजिए पनि सबै चुनौतीहरू पाखा लगाएर आजको अवस्थामा आइपुगेको बताउनुभयो । रासस


ताजा खबर