उपनिर्वाचनका लागि गएराती १२ बजेदेखि मौन अवधि सुरु

आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि गएराती १२ बजेदेखि मौन अवधि सुरु भएको छ । अब दलहरुले कुनैपनि चुनावी प्रचारप्रसार गर्न पाउने छैनन् ।

निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनु ४८ घण्टा अघिदेखि मौन अबधी लागु हुन्छ । मौन अवधिभर दलहरुले छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

तर निर्वाचन आचारसंहिता लगाए पनि उपनिर्वाचन हुने जिल्लाहरुमा निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरु भैरहेको निर्वाचन आयोगको ठहर छ । दलहरुले चुनावी पम्प्लेट, तुल ब्यानर लगायत निर्वाचन आचारसंहिता विपरित प्रचारप्रसार गरिरहेको पाईएको निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी उपनिर्वाचनका आउन तीन दिन मात्र बाँकी रहदा आयोगले आवश्यक तयारी अन्तिम चरणमा रहेको जनाएको छ । उपनिर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका लगाएतका सामाग्री सम्बन्धित जिल्लाहरुमा पुर्‍याइसकेको छ ।

यसपटकको उपनिर्वाचनमा बारा क्षेत्र नं २ मा ३४, तनहुँ क्षेत्र नं १ मा नौ र चितवन क्षेत्र नं २ मा २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । रासस


ताजा खबर