कांग्रेस नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने : सपथ आज

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने हुनुभएको छ ।

उहाँले आइतबार शपथ लिने तय भएको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । तर, आन्तरिक भागवण्डा नमिलेका कारण १७ चैतको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले चार जना मात्र मन्त्री पठाएको थियो ।

थप एउटा मन्त्रालय लिएर भागवण्डा मिलाउने प्रयास भइरहेपनि कांग्रेसले बाँकी मन्त्रीको नाम एकै पटक पठाउन भने सकेन । उपचुनावअघि साउद परराष्ट्रमन्त्री बन्नुहुने छ । उहाँको शपथ आइतबार दिउँसो ३ बजेका लागि तय भएको छ ।

कांग्रेसबाट सहभागी अन्य मन्त्रीलाई समेटेर प्रधानमन्त्रीले उपचुनावपछि मन्त्रिपरिषदलाई पूर्णता दिनुहुने छ ।


ताजा खबर