पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको निगमले जनाएको छ। आज राति १२ बजेदेखि लागू हुने मूल्य घटाइएको हो।

मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ। आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १६० रुपैयाँमा बिक्री हुनेछ।

इन्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएसँगै आज बसेको निगम सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।

निगमले सरकारको ऋण र इन्डियन आयल कर्पोरेशन लिमिटेडलाई हाल तिर्नुपर्ने बक्यौता रकम करीब १४ अर्ब बाँकी रहेको जनाएको छ।

ताजा खबर