राष्ट्रपति पौडेल त्रि.वि.शिक्षण अस्पतालमा भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ । पेटमा समस्या भएपछि उहाँ शनिवार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिनुभयो ।

“राष्ट्रपति पौडेल पेटमा समस्या आएपछि साँझ अस्पतालमा भर्ना हुनुभएको हो”, उहाँले भन्नुभयो । अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भइ उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा आज साँझ भर्ना हुनुभएको र उहाँ हाल चिकित्सकहरुको निगरानीमा रहनुभएको अस्पतालले जनाएको छ । रासस


ताजा खबर