वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचिक, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको गएराती निधन भएको छ ।

८६ वर्षीय ताम्राकारको उपचारका क्रममा गएराती निधन भएको परिवारले जनाएको छ । २०१८ सालमा रेडियो नेपाल प्रवेश गर्नुभएकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवन लगायत कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

उहाँको भोलि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।


ताजा खबर