प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिता आजदेखी

दशरथ रङ्गशालामा आजदेखि  प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिता शुरु हुँदैछ ।

प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्गलबार २३ सदस्यीय खेलाडी टोलीको घोषणा  गरिसकेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रशिक्षणमा रहेका खेलाडीबाट टोलीको नाम सार्वजनिक गर्नुभएको हो ।

टोलीमा सात जना नयाँ खेलाडीले स्थान बनाएका छन् । टोलीमा अभिषेक बराल, सनिश श्रेष्ठ, पदम भट्टराई, मणिकुमार लामा, सुमित श्रेष्ठ, नवीन लामा र दीपकराज सिंह ठकुरीले पहिलो पटक स्थान बनाउनुभएको हो ।

चैत ८ देखि १७ गतेसम्म सञ्चालन हुने प्रधानमन्त्री कपमा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ । सिंगल राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।

नेपालले बुधबार पहिलो खेल लाओससँग खेल्नेछ । चैत ११ गते भुटान र लाओस तथा चैत १४ गते नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र दोस्रो हुनेले ३ हजार डलर पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचलाई २५० अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपलब्ध गराउने बताइएको छ ।

Three Nation Cup Tie-sheet Revealed; Nepal Vs Kyrgystan Olympic Team On  March 25

नेपाली टोली 

गोलरक्षक : किरण कुमार लिम्बू, दीप कार्की र अभिषेक बराल

रक्षक : सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी र निशान खड्का

मिडफिल्डर : पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवास

स्ट्राइकर : आयुष घलान, नवयुग श्रेष्ठ,  दीपकसिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ र मनीष डाँगी ।


ताजा खबर