त्रिविका क्याम्पस र कलेजमा स्ववियुको निर्वाचन आज हुँदै

त्रिभुवन विश्वविद्यालयका आङ्गिक, सम्बन्धन प्राप्त क्याम्पस/कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आइतबार हुँदै छ ।

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीका अनुसार बिहान ८ देखि अपराह्न ४ बजेसम्म विद्यार्थीले आफ्नो प्रतिनिधि चयन गर्न सक्नेछन् ।

शुक्रबारसम्म दुईवटा आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त सयौँ कलेज/ क्याम्पसमा युनियन निर्विरोध गठन भइसकेको अधिकारीले जानकारी दिनुभयो ।

समन्वय समितिले निर्वाचन सम्पन्न नहुन्जेलसम्म विद्यार्थी, कर्मचारी, प्राध्यापक सबैलाई जिम्मेवार  भएर आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।


ताजा खबर