राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा सुरेशचन्द्र चालिसे

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा सुरेशचन्द्र चालिसे नियुक्त हुनुभएको छ ।

राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा चालिसेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । डा चालिसे पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार हुनुभएको थियो । उहाँ नेपालका लागि अमेरिका र बेलायतका पूर्वराजदूतसमेत हुनुहुन्छ ।

त्यसैगरी राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त हुनुभएको छ । उहाँ लामो समयदेखि पौडेलको स्वकीय सचिवका रूपमा कार्यरत हुनुहुन्छ । तनहु क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित पौडेल यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उहाँले सोमबार राष्ट्रपति पदको शपथ लिनुभएको थियो ।


ताजा खबर