राष्ट्रपति चुनावमा भाग नलिने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।

आज बसेको कार्य सम्पादन समितिको बैठकले भोलि हुने राष्ट्रपति चुनावमा भाग नलिएर तटस्थ बस्ने निर्णय गरेको बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो ।

आफूहरूको सिद्धान्त राजसंस्था भएकाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरिएको उहाँले बताउनुभयो ।
राष्ट्रपति चुनावमा भाग लिने कि नलिने भन्नेमा राप्रपाभित्र दुई धार भएकाेमा भाग नलिने निर्णय भएकाे हाे ।

भोलि राष्ट्रपतिका लागि मतदान हुँदैछ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

कांग्रेस वरिष्ठ नेता पौडेललाई माओवादी केन्द्रसहित नौदलीय गठबन्धनको साथ छ भने एमाले एक्लै प्रतिस्पर्धामा छ । रासस


ताजा खबर