पाकिस्तानी रुपियाँ फेरि बलियो बन्दै

अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपियाँमा ठूलो गिरावट आएपछि शुक्रबार अन्तर बैङ्कमा २७८.४६ रुपियाँमा कारोबार भइरहेको स्टेट बैङ्क अफ पाकिस्तानले जनाएको छ ।

बिहीबार अमेरिकी डलर २८५.०९ रुपियाँमा कारोबार बन्द भएको थियो । साताको अन्तिम दिन अमेरिकी डलरको तुलनामा स्थानीय मुद्राको भाउ ६.६३ रुपियाँ अर्थात् २.३८ प्रतिशतले बढेको छ ।

सिन्ह्वासँग कुरा गर्दै पाकिस्तानी वाणिज्य बैङ्क सिल्क बैङ्कका ट्रेजरी प्रमुख रेहान अतीकले अघिल्लो सत्रमा ग्रीनब्याकको मूल्यमा भएको व्यापक वृद्धिले निर्यातकर्ताहरूलाई आफ्नो डलर बजारमा बेच्न प्रोत्साहित गरेको र त्यस कदमबाट स्थानीय मुद्रामा सुधार आएको बताउनुभयो ।

पाकिस्तानको विदेशी मुद्रा सङ्घका प्रमुख मलिक बोस्तानका अनुसार बजारमा देखिएको अस्थिर प्रवृत्तिको मुख्य कारण पाकिस्तानको अन्तर्राष्ट्रिय मुद्रा कोष कार्यक्रमको वरिपरि बढ्दै गएको अनिश्चितता नै हो । रासस/सिन्ह्वा


ताजा खबर