त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनीलाई हरायो

आइसिसी विश्वकप लिग टु अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई पराजित गरेको छ ।

file photo

नेपालका लागि ओपनर आसिफ शेख तथा सन्दीप लामिछानेले कीर्तिमानी साझेदारी गरेपछि पीएनजी ३ विकेटले पराजित भएको हो ।
सन्दीप र आसिफले आठौँ विकेटका लागि ७७ रनको अविजित साझेदारी गरेका थिए ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पीएनजीले दिएको १ सय ८० रनको लक्ष्य नेपालले ४८ ओभर ७ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि ओपनर आसिफ शेखले १ सय ३० बलमा अविजित ८६ रन बनाए । शेखले २ चौका र १ छक्का प्रहार गरे । सन्दीप लामिछानेले ५० बलमा अविजित ३५ रन बनाए ।

May be an image of 4 people and people standing

शेख र सन्दीपबिच आठौँ विकेटका लागि अविजित ७७ रनको साझेदारी भयो ।

कुशल मल्लले २६ बलमा २३ रन बनाए । पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले ज्ञानेन्द्र मल्ल ६ रनमा आउट भए ।

आजको खेलमा मौका पाएका भिम सार्कीले ८ रन मात्र बनाउँदा कप्तान रोहित पौडेल र आरिफ शेखले समान १र१ रन बनाए ।

दीपेन्द्रसिंह ऐरीले ८ रन बनाए । अलराउन्डर कुशल मल्ल २३ रनमा आउट भएका थिए ।


ताजा खबर