अन्डर–१९ क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली अन्डर–१९ क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्रीले टिमलाई बधाई दिँदै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पुर्‍याएको योगदानको उच्च प्रशंसा समेत गरेका हुन् ।

बिहीबार भएको खेलमा यूएईलाई ६ रनले हराउँदै नेपाल सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो ।  नेपालले जितको लागि दिएको १९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १८५ रनमा अल आउट भएको थियो ।


ताजा खबर