सर्वोच्चले दियो सन्दीपलाई खेल्न विदेश जाने अनुमति

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई खेल्नका लागि विदेश जान अनुमति दिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडाँलको संयुक्त इजलासले आज क्रिकेटर लामिछानेलाई क्रिकेट खेल्न विदेश जान अनुमति दिने आदेश गरेको हो ।

उच्च अदालत पाटनले गत पुस २८ गते तथ्य र प्रमाणका प्रतिवादीलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएको उल्लेख गर्दै रु २० लाख धरौटी मागी थुनामुक्त गर्ने आदेश गरेको थियो । तर, विदेश जान वञ्चित गरेको थियो । आदेशसँगै सर्वोच्च अदालतले लामिछानेलाई विदेश जानका लागि बाटो खुला गरिदिएको छ ।

आदेशसँगै अन्तर्राष्ट्रिय रुपमा क्रिकेट खेल्नका लागि सन्दीपलाई विदेश जान सहज भएको हो । –रासस


ताजा खबर