आइसिसी यू–१९ विश्वकप क्रिकेटमा नेपालको दोस्रो जित

आइसिसी यू–१९ विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

शनिआइसिसी यू–१९ पुरुष विश्वकबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

युएईस्थित मलिका क्रिकेट मैदानमा नेपालले दिएको ३ सय ४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा अलआउट हुँदै १०० रन मात्र बनायो ।

कुवेतका लागि जुधा सालधानाले २६ रन बनाउँदा रसिन मोहमदले १९ रन बनाए । किशोरी भाइ हिन्सु १६ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका लागि आकाश चन्दले ६ तथा हेमन्त धामी र दिपेश कँडेलले समान २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको हो ।

नेपालका लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले सानदार शतक प्रहार गरेका थिए ।

कप्तान खनालले १ सय १७ बलमा ९ चौका तथा ३ छक्काको सहयोगमा १ सय २५ रन बनाए । ओपनर अर्जुन कुमालले १ सय १२ बलमा १२ चौकाको सहयोगमा १ सय ८ रन बनाउँदै आउट भएका थिए ।

विशाल विक्रम केसीले १४ बलमा २३ रन बनाउँदा दिपक डुम्रे १६ बलमा २० रनमा अविजित रहे । दिपक बोहोराले ९ बलमा १९ रन बनाए ।

नेपालका ओपनर दिपक बोहोरा १३ तथा शुक्रबार सिंगापुर विरुद्धको खेलमा अर्ध शतक प्रहार गरेका आकाश त्रिपाटी ३ रनमा आउट भए ।

कुवेतका हेनरी थोमसले र सहिल काज्मीले समान २/२ तथा जय महेशकुमार मेहता १ विकेट लिए ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ ।

नेपालले अब सोमबार तेस्रो खेलमा हङकङविरुद्ध खेल्नेछ । चौथो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसँग अन्तिम खेल खेल्नेछ ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।


ताजा खबर