सत्ता गठबन्धनलाई निरन्तरता दिने एमालेको निर्णय

 राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय ।

नेकपा एमालेले राष्ट्रपति निर्वाचनअघि सरकारबाट नबाहिरिने निर्णय गरेको छ ।

आज बिहान बसेको एमाले सचिवालय बैठकले राष्ट्रपति निर्वाचनसम्म सरकारबाट नबाहिरिने निर्णय लिएको हो ।

सचिवालय बैठकपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले तत्काल सरकार नछाड्ने र एमालेका तर्फबाट राष्ट्रपतिको उम्मेदवार उपाध्यक्ष सुवास नेम्वाङलाई बनाउने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकले एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई समर्थन गर्नको लागि काङ्ग्रेसबाहेक अन्य पार्टीलाई पत्राचार गर्ने र त्यसलाई निर्वाचनको मिति आगामी फागुन २५ गतेसम्म जारी राख्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रपति निर्वाचनको मितिसम्म पुस १० को सहमति कार्यान्वयनको पहल गर्ने निर्णय समेत गरेको एमालेले जनाएको छ ।

यस्तै, बैठकले पार्टीको अर्थ तथा योजना विभागको सचिवमा डा.प्रकाश भट्टलाई नियुक्त गर्नुका साथै पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई पार्टीबाट निष्कासन गरेको छ ।


ताजा खबर