जी-७ राष्ट्रहरू रूसमाथि थप प्रतिबन्ध लगाउन सहमत

सात राष्ट्रहरूको समूह (जी-७) का विदेश मन्त्रीहरूले युक्रेनलाई समर्थन जारी राख्न र रुसमाथि थप प्रतिबन्धहरू लगाउन सहमत भएका छन् । रुस-युक्रेन युद्ध शुरु भएको एक वर्ष पुग्न लागेको सन्दर्भमा विकसित देशहरूको समूहले सो निर्णय गरेको एनएचके वर्ल्ड न्युजले उल्लेख गरेको छ ।

जापानले शनिबार जर्मनीको म्युनिखमा जी-७ को बैठक आयोजना गरेको छ । जुन बैठकमा अन्तरराष्ट्रिय सुरक्षा सम्मेलनका बीच यस किसिमको छलफल भएको छ । बैठकमा युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबालाई पनि निमन्त्रणा गरिएको थियो । “मैले जापानी विदेशमन्त्री हायासी योशिमासाको निमन्त्रणामा जी-७ मन्त्रीस्तरीय बैठकमा भाग लिएको थिएँ।

हामीले सन् २०२३ मा युक्रेनको विजयका लागि आवश्यक सबै कुरामा ध्यान केन्द्रित गरेका थियौं। त्यहाँ हतियारहरूको द्रुत प्रसार र नयाँ प्रतिबन्धहरू हुनेछन् जसबाट रूसले हामी प्रतिवाद गर्न थाक्ने छैनौं भन्ने आक्रामकताको महसुस गर्नेछ ।” दिमिट्रो कुलेबाले शनिबार ट्वीट गर्नु भएको छ ।

विदेशमन्त्रीहरूले रुसलाई समर्थन गर्ने देशहरूलाई त्यसो नगर्न समेत आग्रह गरेका छन्। प्रतिवेदनका अनुसार उनीहरूले युक्रेनमा नागरिक र प्रमुख पूर्वाधार सुविधाहरूमा निरन्तर आक्रमण गरेकामा रूसको निन्दा पनि गरेका छन्। उनीहरूले मस्कोलाई अन्तरराष्ट्रिय कानून बमोजिम जवाफदेही बनाउने पनि बताएका छन् ।

न्युजका अनुसार हयासीले प्योङयाङको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण प्रक्षेपणको अभूतपूर्व दरले जापानको सुरक्षा र अन्तरराष्ट्रिय शान्ति र सुरक्षाको लागि गम्भीर चुनौती खडा गरेको बताउनु भएको छ।

जापान यस वर्षको जी-७ को अध्यक्ष हो । जापानले मे महिनामा हिरोशिमामा जी-७ शिखर सम्मेलन आयोजना गर्ने तयारी गरेको छ । एएनआई


ताजा खबर