एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालको जित

घरेलु मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले स्कटल्याण्डलाई हराएको छ ।

टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले लिग टू को विजेता बनिसकेको स्कटल्याण्डलाई ३ विकेटले हराएको हो ।

स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौका सहित ८ बलमा १६ रन बनाए ।

अर्का ओपनर आसिफ शेखले १४ बलमा ९ रन बनाए ।

ज्ञानेन्द्र मल्ल ३ बलमा ४ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेलले १० बलमा ६ रन बनाए ।

कप्तान रोहित आउट भए सँगै मैदान आएका कुशल मल्लले ६७ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ८१ रन बनाए ।

एकदिवसीय अन्तराष्ट्रियमा कुशलको यो नै सर्वाधिक धेरै रन हो । -रासस


ताजा खबर