प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिवबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेश सचिव विनयमोहन क्‍वात्राबीच भेटवार्ता भएको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्‍वात्राबीच भेटवार्ता भएको हो ।

भेटमा दुई देशको सहकार्यको विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भेटवार्तामा ऊर्जा, व्यापार, कनेक्टिभीटी, कृषि, शिक्षा र सांस्कृतिका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।


ताजा खबर