प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि आज मनोनयन हुँदै

प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गर्नुभएको निर्वाचन कार्यक्रम अनुसार आज(शुक्रबार) दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म उपसभामुख पदमा मनोनयन दर्ता र अपराह्न ४ः१५ बजे उम्मेदवारीको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

माघ ७ गते शनिवार दिउँसो १ः०० बजे प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने, प्रस्तावकले प्रस्ताव गर्ने समर्थकले समर्थन गर्ने र उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रम अनुसार निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

रास्वपाबाट उपसभामुख उम्मेदवारमा सोविता गौतमको चर्चा छ ।


ताजा खबर