जोर्डन र स्लोभेनियाका लागि गैरआवासीय राजदूत नियुक्त

 राष्ट्रपति विद्यादेवी भण्डारीले आज इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्यका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

यस्तै राष्ट्रपति भण्डारीले अष्ट्रिया, संयुक्त राष्ट्र सङ्घ कार्यालय भियनाका लागि नेपालको आवासीय राजदूत भरतकुमार रेग्मीलाई गणतन्त्र स्लोभेनियाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१)बमोजिम उहाँहरुलाई गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


ताजा खबर