अमेरिकाको पर्यटनदूतमा विनोद अधिकारी

अमेरिकाको पेन्सिलभेनिया राज्यका लागि पर्यटन तथा सद्‌भावना दूतमा विनोद अधिकारी नियुक्त भएका छन्।

पर्वतीय पर्यटन प्रवर्द्धनमा सक्रिय अधिकारीलाई मन्त्रीस्तरीय निर्णयबाट पेन्सिलभेनियाको पर्यटन सद्‌भावना दूतमा नियुक्ति गरिएको हो।

मंगलबार उनलाई पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले नियुक्तिपत्र थमाएका छन्। चारवर्षे कार्यकालका लागि उनी नियुक्त भएका हुन्।

No photo description available.

पर्यटकको उद्धार तथा उपचार व्यवस्थापनको समेत लामो अनुभव संगालेका अधिकारीले पर्यटन फोटोग्रफीमा समेत लामो अनुभव संगालेका छन् ।

No photo description available.

उनले  सगरमाथाको २६औं पटक सफल आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पाको आरोहणलाई समेटेर वृत्तचित्र समेत बनाएका छन्।

पर्यटन मन्त्रालयले सद्‌भावना दूत निर्देशिका, २०७८ अनुसार पर्यटन गतिविधिमा संलग्न व्यक्तिलाई नियुक्त दिने गर्छ।


ताजा खबर