साहित्यकार उषा शेरचनलाई भूपि काव्य पुरस्कार

 यस वर्षको भूपि काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान गरिएको छ ।

कवि शेरचनको ८९औं जन्म जयन्तीका अवसरमा काठमाडौंकी उषालाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ५० हजार रुपैयाँ नगद पुरस्कार र दोसल्लाले सम्मान गरे ।

भूपिको परिवारबाट स्थापित र थकाली सेवा समिति पोखराद्वारा सञ्चालन गरिएको पुरस्कारबाट नेपाली साहित्य क्षेत्रमा योगदान दिने स्रष्टालाई प्रदान गरिँदै आएको छ । हरेक दुई-दुई वर्षमा दिइँदै आएको यो पुरस्कारबाट यसअघि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्नशमशेर थापा र तीर्थ श्रेष्ठ पुरस्कृत भइसकेका छन् ।

पुरस्कृत भएकी उषाको नजन्मेका आस्थाहरु कविता संग्रह, अक्षरहरुका शिविरबाट मुक्तक संग्रह, सर्वकालीन पीडा र जागृतिका शंखघोष कविता संग्रह, तेस्रो रङ कथा संग्रह, आँधी उपन्यासलगायत दर्जन बढि कृति प्रकाशित छन् ।


ताजा खबर