राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०७९ पुस ११ को सिफारिसमा पुस २५ गते सोमबार दिनको १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच, राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भइसकेकाले उक्त मिति, स्थान र समयमा सबै सांसदहरूलाई उपस्थितिका लागि संघीय संसद् सचिवालयले अनुरोध गरेको छ ।