प्रधानमन्त्री दाहाललाई पद तथा गोपनीयताको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता दाहाल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलहरुको समर्थनमा आइतबार प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री दाहालले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित हुनुहुन्थ्यो ।

blog

शपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री एवम् मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, उद्योगी तथा व्यवसायी उपस्थित हुनुहुन्थ्यो ।

शपथ ग्रहणपछि उपस्थित विशिष्ट व्यक्तिहरुले प्रधानमन्त्री देउवालाई बधाई दिनुभएको थियो ।


ताजा खबर