चीनमा कोरोना संक्रमण उच्च : अस्पतालका शैय्या भरिए

चीनमा पछिल्लो समय कोभिड संक्रमित विरामीले अस्पतालका शैयाहरु भरिएका छन् । चीनमा देखिएको कोरोनाको पछिल्लो लहरका विषयमा विश्व स्वास्थ्य संगठनले समेत चासो र चिन्ता व्यक्त गरेको छ ।

चीनले कोरोना संक्रमित विरामीको संख्या कम बताए पनि सघन उपचार कक्षमा विरामीको चाप अत्यधिक रहेको विश्व स्वास्थ्य संगठनका डा. माइकल राइनले बताउनु भयो । चीनले सार्वजनिक गरेको तथ्याङ्कले पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु नभएको देखाइएको छ तर यस रोगको वास्तविक प्रभावका सम्बन्धमा डब्लुएचओले नै आशंका व्यक्त गरेको छ ।

हालैका दिनहरूमा बेइजिङ र अन्य शहरका अस्पतालहरू विरामीले भरिएका छन् । पछिल्ला दिनहरुमा चीन कोरोनाबाट नराम्ररी प्रभावित भएको छ । सन् २०२० देखि नै चीनले शून्य कोभिड नीति लागू गरी कडा स्वास्थ्य प्रतिबन्धहरू लगाएको छ ।

केही साता अघि चीनमा कोभिड प्रतिबन्धका विरुद्ध व्यापक प्रदर्शन भएपछि केही खुलुलो बनाइएको थियो । अहिले संक्रमण बढ्नुलाई त्यसैको असरका रुपमा अधिकारीहरुले हेरेका छन् ।-रोयटर्स


ताजा खबर