फिल्म ‘गोर्खा वारियर्स’को टिजर सार्वजनिक

मिलन चाम्सले निर्देशन गर्नुभएको ‘वार ड्रामा’ फिल्म ‘गोर्खा वारियर्स’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेट लामो टिजरले सन् १९४९ मा बेलायती उपनिवेश रहेको मलाय टापुमा गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरेको छ ।

टिजरमा विजय लामा, रितेश चाम्स, रेविका गुरुङ, रियर राई लगायत कलाकार फिचर्ड छन् । सन् २०२३ मा विश्वव्यापी रिलिज हुने फिल्मको वर्ल्ड प्रिमियर भने जुन महिनामा लण्डनमा आयोजना हुने बताइएको छ ।

सुस्मिता वाइबा र सुमन राईमने निर्माणमा बनेको फिल्म चाम्स इन्टरटेनमेन्ट र लण्ड सिने आईको ब्यानरमा बनेको हो ।


ताजा खबर