कांग्रेस संसदीय दलको नेतामा देउवा र थापाको उम्मेदवारी

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रहेको निर्वाचन समितिको कार्यालयमा पुगेर सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गर्नुभएको हो । सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक उपसभापति पूर्णबहादुर खड्का हुनुहुन्छ ।

महामन्त्री थापाको प्रस्तावक नेता शेखर कोइराला र समर्थक उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल रहनुभएको छ ।

कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।


ताजा खबर