फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जित्यो

२२औं फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । छिनमै जित, छिनमै हार जस्तो सनसनीपूर्ण फाइनल खेलमा साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

Argentina and Lionel Messi win the Copa America Final: 3 things we learned

अर्जेन्टिनाको यो तेस्रो विश्वकप उपाधि हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो । निर्धारित ९० मिनेटमा खेल २-२ र अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा सकिएको खेल टाइब्रेकरमा पुगेर सकिएको थियो । टाइब्रेकरमा अर्जेन्टिनाले चार गोल गर्दा फ्रान्सले दुईवटा मात्र गोल गर्न सक्यो । फ्रान्सका दुईवटा प्रहार विफल बनेको थियो ।

निर्धारित समयमा अर्जेन्टिनाका लागि लियानल मेस्सीले दुई तथा एन्जल डि मारियाले गोल गरेका थिए । फ्रान्सका लागि केलिएन एमबाप्पेले ह्याट्रिक गरे । रोचक खेलमा मेस्सीले २३औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

डिबक्सभित्र फ्रान्सका औसमाने डेम्बेलेले डि मारियालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । जसलाई मेस्सीले सही सदुपयोग गर्नुभयो ।

त्यसपछि डि मारियाले ३६औं मिनेटमा काउन्टर प्रहारमा उत्कृष्ट गोल गर्दै पहिलो हाफमा अर्र्जेन्टिनाको अग्रता दोब्बर बनाए । उनले म्याक एलिस्टरको पासमा गोल गरेका थिए ।

अर्जेन्टिनाको तुलनामा फितलो देखिएको फ्रान्सले पहिलो हाफमा गोल गर्न लायक अवसर बनाउन सकेको थिएन ।

निर्धारत समयको १० मिनेट बाँकी छँदा खेलमा फर्किएको फ्रान्सका लागि एमबाप्पेले दुई मिनेटमो अन्तरमा दुई गोल गरे । एमबाप्पेले ८०औं मिनेटमा पेनाल्टी र ८१औं मिनेटमा अर्को गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा मेस्सीले एक सय आठौं मिनेटमा गोल गर्दै अर्जन्टिनालाई पुनः अग्रता दिलाए । तर, एक सय १७औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा ह्याट्रिक पूरा गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले गोल गरे । फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे । किन्सले कोम्यान र अरुलिन चुवामेनी चुकेका थिए ।

अर्जेन्टिनाको यो जित ३६ वर्षपछिको विश्वकप फुटबलको उपाधि हो ।

नेदरल्यान्डलाई पराजित गर्दै सन् १९७८ मा पहिलो विश्वकप उपाधि जितेको अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा पश्चिम जर्मनीलाई हराउँदै दोस्रो उपाधि जितेको थियो । सन् १९९० मा विश्वकपको फाइनल पुगे पनि पश्चिम जर्मनीसँग पराजित भएपछि अर्जेन्टिना तेस्रो उपाधि भित्र्याउन भने असफल भएको थियो ।

सन् २०१८ मा प्रि–क्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ गोलले पराजित भएपछि अर्जेन्टिना विश्वकप यात्राबाट बाहिरिएको थियो । त्यसको चार वर्षपछि अर्जेन्टिनाले साविक विजेता फ्रान्ससँग बदला लिएको छ ।

-रोयटर्स / भिडियो सिटिभि


ताजा खबर