राष्ट्रपति भण्डारीद्वारा नयाँ सरकार गठनका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

मंसिर ४ गते भएको निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआएकाले संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपतिले सरकार गठन गर्न ७ दिनको समय दिनुभएको हो ।

निर्वाचन आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएलगत्तै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको हो ।

संविधानको धारा ७६ (२) मा प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने व्यवस्था छ ।


ताजा खबर