कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

शनिबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबारका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक रहेको जानकारी गराउनुभएको हो ।

पार्टी कार्यालयका मुख्य सचिव पौडेलका अनुसार बैठक आइतबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ ।


ताजा खबर