छैटौं सिन्धुली महोत्सव पुष ८ गते देखि १८ गते सम्म

सिन्धुलीमा छैटौं सिन्धुली महोत्सव हुने भएको छ ।

सिन्धुली उद्योग बाणिज्य संघ र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा पुष ८ गते देखि १८ गते सम्म सिन्धुली महोत्सव २०७९ हुने भएको हो ।

कृषि, उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिवृद्धि गरी समृद्ध र सम्मुनत सिन्धुली निर्माणका लागि आयोजना गरिएको महोत्सवको मुनाफाबाट जिल्लामा आगलागीबाट हुने क्षति न्यूनिकरणका लागि दमकल खरिद गर्ने योजना रहेको सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले सफल नेपाललाई बताउनुभयो ।

जिल्लाका नौ वटै स्थानिय तहहरु, बाल उद्यान, स्टल, टिकट, स्थानिय पास, कार्यालय तथा संस्थाहरुबाट कुल १ करोड ८० लाख ८५ हजार रुपैयाँ आम्दानी हुने र महोत्सव संचालनका लागि कुल ९० लाख ८५ हजार खर्च हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

पूर्ण अपाङ्ग र जेष्ठ नागरिकहरुले परिचय पत्र साथमा लिएर आएमा  निःशुल्क प्रवेश पाउने र विद्यार्थी तथा एकल महिलाहरुले परिचय पत्रको आधारमा ४० रुपैयाँ र अन्य सर्वसाधरणहरुले ६० रुपैयाँ तिरेर महोत्सव हेर्न पाउने व्यवस्था मवलाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

महोत्वसमा कृषिमा धारित वस्तुहरु, हस्तकला, धरेलु उद्यमी सामाग्री तथा दैनिक उपभोग्य सामाग्री, अटोमोबाइल, विभिन्न यान्त्रीकरण उपकरणहरुको प्रदर्शनी, सुचना तथा इलोक्टोनिक्स प्रदर्शन, जडिवुटी तथा बनपैदावार प्रदर्शनी, व्यापारिक प्रयोजन बस्तु तथा सेवाहरु, रेष्टुरेण्ट तथा होटल र जातिय तथा परम्परा खाना विक्रि, सेवा व्यवसाय, सरकारी कार्यालय, शैक्षिक, वित्तिय संस्था एवम अन्य संघ संस्थाहरुका सामाग्री प्रर्दशनी गरिनेछ ।

सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित लोकतान्त्रिक चौरमा हुने महोत्समा ३ सय ओटा स्टलहरु रहने समाचारमा जनाइएको छ ।

११ दिन सम्म चल्ने महोत्सव  ७ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ।


ताजा खबर