नेपाल आयल निगमले इन्धनको मूल्य घटायो

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३/३ रुपैयाँ घटाएको हो।

अब पेट्रोलको मूल्य लिटरको १७८, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७५ रूपैयाँ पर्नेछ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने घटेको छैन ।

खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार आठ सय छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण पेट्रोल, डिजेलको मूल्य घटाउन निगमलाई दवाब परेको थियो। निगमले अझै भारतीय आयल निगमलाई १९ अर्ब तिर्न बाँकी रहेको जनाएको छ।

Image


ताजा खबर