राष्ट्रिय क्रिकेटका मुख्य प्रशिक्षक प्रभाकरको राजीनामा

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन्।

प्रभाकरले बिहीबार नेपाल क्रिकेट संघ (क्यान) लाई राजीनामा पत्र बुझाएका छन्। आजदेखि लागू हुने गरी राजीनामा बुझाएका हुन्।
मुख्य प्रशिक्षकबाट प्रभाकरले दिएको राजीनामा स्वीकृत भएको क्यानले जनाएको छ।

उनी चार महीनाअघि मुख्य प्रशिक्षक नियुक्त भएका थिए। राष्ट्रिय टोलीले लगातार खराब प्रदर्शन गरेपछि उनलाई दबाब परेको थियो।

गत चार वर्षमा चार जना प्रशिक्षक नियुक्त भएका थिए। चारै जनाले सम्झौता अवधि नसकिँदै राजीनामा दिएका हुन्।


ताजा खबर