पोर्चुगललाई हराउँदै मोरोक्को विश्वकपको सेमिफाइनलमा

अफ्रिकी देश मोरोक्को कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा स्टेडियममा शनिबार राति भएको खेलमा मोरोक्कोले पोर्चुगललाई १-० गोलले हरायो ।

मोरोक्कोको जितमा युसुफ एन नेसरीले निर्णायक गोल गर्नुभयो । नेसरीले ४२औं मिनेटमा याह्या अतिया अल्लाहको पासमा गरेको हेडगोल टोलीको जितमा प्रयाप्त बन्यो ।

मोरोक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देश समेत बनेको छ । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा बल पोसेसनमा अब्बल रहेपछि पोर्चुगलले गोल गर्न सकेन ।

पोर्चुगलका ब्रुनो फर्नान्डेजले पहिलो हाफमा हानेको शसक्त प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । पहिलो हाफमा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको पोर्चुगलले ५१औं मिनेटमा मात्र मैदानमा उतारेको थियो ।

Morocco becomes first ever African team to reach the World Cup semifinals with historic victory over Portugal | CNN

पहिलो हाफमै गोल खाएको पोर्चुगलले खेलको अन्तिमसम्म गोल फर्काउने मौका पाएपनि सफल भएन । दोस्रो हाफमा रोनाल्डोका दुई वटा प्रयासलाई मोरोक्कोका गोलरक्षकले विफल पारेका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा मोरोक्कोका वालिद चेदिरा दोस्रो पहेंलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि अन्तिम ६ मिनेट मोरोक्को १० खेलाडीमा समेटिएको थियो । तर पोर्चुगलले त्यसको फाइदा उठाउन सकेन । रोयटर्स


ताजा खबर