काठमाडौं महानगर दिवस साताव्यापी मनाइँदै

सप्ताहव्यापी विविध कार्यक्रमसहित २८ औँ काठमाडौं महानगर दिवसका कार्यक्रम आयोजना हुँदैछन् । मंसिर २३ गते महसुस यात्रा र विशेष सरसफाइबाट औपचारिक रुपमा सुरु हुने कार्यक्रम २९ गते बसन्तपुरमा आयोजना हुने मूल समारोहसँग समापन हुनेछन् । दिवसको अवसरमा पारेर यस अघि पनि विद्यालयस्तरमा विशेष प्रतियोगिताहरु सञ्चालन भइरहेका छन् ।

अनलाइनमार्फत सेवाग्राही सर्वेक्षण, मौलिक बाजागाजामा युवाहरुको रुचि बढाउन धिमे बाजा प्रतियोगिता, विद्यालयका विद्यार्थीहरु लागि चित्रकला र निवन्ध लेखन, शिक्षकस्तरमा वक्तृत्वकला, जेलभित्रका विद्यालय, फरक क्षमता भएका (सुस्त श्रवण, सुस्त मनस्थिति, विशेष विद्यालय) विद्यार्थीहरुका लागि कुर्सी दौड प्रतियोगिता, महानगरका कर्मचारीका बिचमा हाजिरी जवाफ प्रतियोगिता आयोजना हुनेछन् ।

परम्परागत गुरुहरुको सम्मान, मेयर ११ र प्रमुख प्रशाकसीय अधिकृत ११ मैत्री फुटबल खेल, महिला जनप्रतिनिधि र कर्मचारीका लागि कुर्सी दौड प्रतियोगिता आयोजना हुनेछन् ।

कलाहरुको प्रवर्धन गर्न मंसिर २९ गते प्रतियोगितात्मक चित्रकला प्रदर्शनी र तस्विर प्रदर्शनी हुनेछ । महिला उद्यमशीलतालाई प्रबर्धन गर्न उद्यमी मेला र स्थानीय परिकारको प्रवर्धन गर्न खाना मेला हुनेछ ।

दिवस विशेष आयोजना गरिने यी कार्यक्रमसँगै गुणस्तरीय र पहुँचयुक्त स्वास्थ्य, प्रतिस्पर्धी र व्यावहारिक शिक्षा, मूर्त अमूर्त सम्पदाको सन्तुलित विकास, संरक्षण र प्रवर्धनका क्षेत्रमा काम गरिरहेका छौँ । सहरी विकासका लागि काम गर्ने सरकारी कार्यालयहरुमा छरिएर रहेको योजना, स्रोत र कार्यक्रमलाई समेटेर एकीकृत पूर्वाधार विकासको प्रयास थालिएको छ ।

सिफारिस लिन, राजस्व तिर्न, भवन नक्सा स्वीकृति लिन जस्ता कामका लागि कार्यालय पुग्नै नपर्ने व्यवस्थाका लागि प्रणाली विकास भइसकेको छ ।

ई—वीपीएस, इजलास, ई—सिफारिसजस्ता प्रणालीबाट हातमै रहेको मोबाइलबाट यी सेवा प्राप्त गर्न सकिन्छ । नागरिकका गुनासा सुन्न तथा समस्याको समाधान गर्न कल सेन्टर सञ्चालन गरेका छौँ । महानगरका महत्वपूर्ण छलफल तथा बैठकहरु तत्काल हेर्नका लागि प्रत्यक्ष प्रसारणको वातावरण मिलाएका छौँ ।

उत्थानशील सहर निर्माणका लागि भवनलगायतका संरचनागत जोखिमलाई घटाउन मापदण्डको पूर्ण पालनामा हाम्रो जोड छ । सहरी सुन्दरता बढाउने होर्डिङ् बोर्ड नियमन गर्ने, सार्वजनिक यातायात प्रणाली र पार्किङ्मा सुधार गर्ने काम प्राथमिकताका साथ नियमित भइरहेका छन् । फोहोरमैला व्यवस्थापनका लागि समन्वय, साझेदारिता र सहकार्यको प्रयास भइरहेको छ ।


ताजा खबर