क्यामरुनसँग पराजित ब्राजिल समूह विजेता

 ब्राजिल समूह विजेता बन्दै कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

शुक्रबार राति क्यामरुनसँग १-० ले पराजित भएपनि ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ १६ मा पुगेको हो ।
लुसिअल स्टेडियममा क्यामरुनलाई जित दिलाउन भिन्सेन्ट अबुबाकरले निर्णायक गोल गरे ।

उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।

गोल गरेपछि उनी दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

गोलको सेलिब्रेसन मनाउने क्रममा जर्सी फुकालेपछि उनले दोस्रो पहेलो कार्ड पाएका थिए ।

त्यसअघि क्यामरुनविरुद्ध ब्राजिलले थुप्रै गोलको अवसर गुमाएको थियो । क्यामरुनले पनि गोलको केहि अवसर खेर फालेको थियो ।

यस हारसँगै ब्राजिलले ३ खेलमा ६ अंक जोड्यो । र, ब्राजिल शीर्ष स्थानमा रह्यो ।

क्यामरुनले ३ खेलमा ४ अंक जोडेको छ ।

तर, क्यामरुन समूह चरणबाट बाहिरिएको छ ।-रोयटर्स


ताजा खबर