दुई सय तीन जना नेपाली सैनिक शान्ति मिसन प्रस्थान

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि दुई सय तीन जना नेपाली सैनिक बिहीबार सेन्टर अफ्रिकन रिपब्लिक देश प्रस्थान गरेको छ ।

मिसनमा तैनाथ हुन कालीजंग गणका नेपाली शान्ति सैनिकहरू सेनानी रूपक राईको नेतृत्वमा काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।

नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरूमा कार्यरत संयुक्त राष्ट्र सङ्घको मिसनहरूमा खुट्टिई शान्ति स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।


ताजा खबर